कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरबाट करदाता सेवा प्रवाह हुने सम्बन्धमा।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०७/१७ को निर्णयानुसार आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय भोजपुर खारेज भएको हुँदा करदाता सेवा सम्बन्धी कार्यहरू कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरबाट सेवा प्रवाह हुने जानकारी गराइन्छ।